‘काठमाडौं सहर’ मा वैदेशिक रोजगारको पीडा (भिडियो) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

‘काठमाडौं सहर’ मा वैदेशिक रोजगारको पीडा (भिडियो)



काठमाडौं । उदयमान युवा गायक सबिन लामाको स्वरमा रहेको ‘काठमाडौं सहरमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार राम लामा अविनाशीले बैदेसिक रोजगारिको पीडा उक्त गीतमा देखाउन खोजेको छन।

लामाले बुवाआमालाई काठमाडौं सहरमा राख्ने अबिलाशाले बैदेशीक रोजगारीमा गएको छोराको संघर्शलाई गीत मार्फत प्रस्तुत गर्न खोजेका छन्। अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टिका कोषाध्यक्षसमेत रहेका गीतकार लामा पत्रकारितामासमेत संलग्न छन्। उनी अमेरिकाबाट सञ्चालित बिआरटी नेपाल अनलाइनका प्रबन्धक निर्देशक हुन्।

कथा, गीत कबिता र समसामयीक लेख समेटेर तयार पारिएको गीतकार लामाको पुस्तक पनि प्रकाशनको तयारीमा रहेको छ। नेपाली साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले गीतकार लामाले अन्तरास्ट्रिय साहित्य समाज मार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कारसमेत स्थापना गरेका छ्न्। शो पुरस्कार हरेक दुई वर्षमा प्रबाशमा रहेर नेपाली साहित्यको अभिवृद्धिमा संलग्न साहित्यकारलाई प्रदान गर्ने गरिन्छ।

गायक सबिन लामाको निर्देशन रहेको ‘काठमाडौं सहर’ को म्युजिक भिडियोमा कलाकारहरु सुशील रेग्मी, भावना पाठक, रोजित खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ। उक्त गीतको छायांकन नेपाल भित्र र नेपाल बाहिर कतारमा गरिएको छ। गीतमा म्युजिक किसन गुरुङ र सबिन लामाको रहेको छ।