काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास



काठमाडौँ । काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ ।

टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

‘युवतीमाथि बलात्कार प्रयास भएको देखिन्छ’ एसएसपी पोखरेलले भने, ‘युवतीको नाम ठेगाना पहिचान हुन सकेको छैन, अनुसन्धान भइरहेको छ ।’

गत राती साँढे ९ बजे स्थानियले खबर गरेपछी प्रहरी घट्नास्थल पुगेको थियो । टाउकोबाट रगतको भल नै बगेको अवस्थामा प्रहरीले युवतीलाई फेला पारेको थियो ।

युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ ।

बलात्कार प्रयास प्रतिरोध गर्दा ढुंगा प्रहार गर्ने युवाको पहिचान नजिक पुगेको एसएसपी पोखरेलले बताएका छन् ।

मृतक युवतीको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।