रोचक बन्दै काठमाडौको मतपरिणाम: सिर्जनाले एकलौटी मत पाउन थालिन् - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

रोचक बन्दै काठमाडौको मतपरिणाम: सिर्जनाले एकलौटी मत पाउन थालिन्



काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् ।

वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

समग्रमा अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् भने एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ ।

यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत आएको छ ।