राजधानीमा लगातार भारी वर्षा, बढ्यो खतरा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजधानीमा लगातार भारी वर्षा, बढ्यो खतरा



काठमाडौं– शनिबार साँझदेखि राजधानीमा भारी वर्षा भएको छ । वर्षाको कारण विष्णुमति नदीमा आएको बाढीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागले वर्षा जारी रहेको अवस्थामा जलसतह बढ्दो क्रममा रहेको भन्दै नयाँ बसपार्क क्षेत्रदेखि टेकु दोभानसम्को तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

विभागका अनुसार शनिबार राति देशका विभिन्न स्थानमा सामान्य बदली भई हल्कादेखि मध्यमसम्मको वर्षा वर्षा भएको छ।