चौतर्फी विरोध भएपछि काठमाडौं प्रशासनले फिर्ता लियो विवादित निर्णय - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

चौतर्फी विरोध भएपछि काठमाडौं प्रशासनले फिर्ता लियो विवादित निर्णय



काठमाडौं – काठमाडौं जिल्ला प्रशासनले सभा, सम्मेलन, धार्मिक मेला, जात्रा तथा पर्वमा कुनै किसिमको बन्देज नलगाएको बताएको छ। नेकपा एमालेलगायत अन्यले प्रशासनको यो निर्णयमा आपत्ति जनाएपछि प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी आयोजना हुने कार्यक्रममा कुनै बन्देज नलगाइएको स्पष्ट पारेको हो।

‘१४ गतेदेखि लागु हुने गरी जारी गरिएको आदेशको बुँदा नं १ (क) मा उल्लेखित विषयमा सार्वजनिक रुपमा व्यक्त भइरहेको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’, विज्ञप्तिमा भनिएको छ।

प्रशासनले यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारको सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्वलगायत अन्य क्रियाकलाप स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाएको जनाएको छ।