काठमाडौं महानगरपालिकाको कार्यालय बन्द - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

काठमाडौं महानगरपालिकाको कार्यालय बन्द



आज (२९ मंसिर) काठमाडौं महानगरपालिकाको कार्यालय बन्द हुने भएको छ। २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने जनाइएको छ।

एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरु र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी गराएको छ।

काठमाडौं महानगरले २८ औं महानरग दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।

आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने कार्यक्रम राखेको छ।