मौसम परिवर्तन : मेघ गर्जनसहित पानी पर्ने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मौसम परिवर्तन : मेघ गर्जनसहित पानी पर्ने



काठमाडौँ – पहाडी क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना पनि छ । राति पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने बताइएको छ ।