काठमाडौंमा अब विरोध प्रदर्शन गर्न नपाइने ! - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

काठमाडौंमा अब विरोध प्रदर्शन गर्न नपाइने !



काठमाडौं । काठमाडौंका सबैजसो विरोध प्रदर्शन वा अन्य प्रकारका संघर्षका कार्यक्रम गरिने स्थानमध्ये एक हो, माइतीघर मण्डला । तर अब माइतीघर मण्डलामा प्रर्दशन गर्न सरकारले रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षताको सुरक्षा समितिको बैठकले विरोध प्रदर्शन गर्ने स्थानबाट माइतीघर मण्डलालाई हटाएको छ ।

यसअघि संसद्मा राष्ट्रपतिले सम्बोधन गर्न जाने क्रममा माइतीघरमा विरोध प्रदर्शनको कार्यक्रम भएपछि रुट परिवर्तन गराइएको थियो । त्यसपछि सरकारले माइतीघरलाई निषेधित क्षेत्र तोक्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

वैठकले काठमाडौंका ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको छ । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने उल्लेख छ ।

फाइल तस्बिर