काठमाडौँमा खतरा : सचेत रहन सर्कुलर

काठमाडौँ- काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा बुधबार साँझदेखि हावाहुरीसहित वर्षा भइरहेको छ। बुधबार राति पनि काठमाडौँ उपत्यकामा हावाहुरीसहित बर्षा हुनसक्ने माैसमविद्ले जानकारी दिएका छन्।
पश्चिमी र स्थानीय वायुको प्रभावले हावाहुरी र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद गंगा नगरकोटीले बुधबार राति पनि काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिए। धेरैले बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभावका कारण हावाहुरी र वर्षा भएको अनुमान गरिरहेपनि अहिलेको मौसमसँग चक्रवात फानीको कुनै सम्बन्ध नरहेको मौसमविद नगरकोटीले जानकारी दिए।
उनले बिहीबार बिहानदेखि दिउँसोसम्म मौसम सफा रहने भएपनि बेलुकीपख फेरि बदली हुने सम्भावना रहेको बताए।

