काठमाडौंमा जम्मा ५२ प्रतिशत मत खस्यो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

काठमाडौंमा जम्मा ५२ प्रतिशत मत खस्यो



काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मात्रै मत खसेको छ।

निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले काठमाडौंमा ५२ प्रतिशतमात्रै खसेको प्रारम्भिक तथ्यांक प्रस्तुत गरे। ‘यो तथ्यांक सन्तोषजनक लागेको छैन। भोलि विस्तृत तथ्यांक आउँछ,’ उनले भने।