काठमाडौँमा पनि हावाहुरी, वर्षा र मेघ गर्जन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

काठमाडौँमा पनि हावाहुरी, वर्षा र मेघ गर्जन



काठमाडौँ – काठमाडौँ उपत्यकामा हावाहुरी चल्न सुरु भएको छ । बंगालको खाडीबाट सुरु भएको चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको हो ।

हावाहुरीका कारण काठमाडौँको सडकमा सवारीका साधनहरु पातलीएका छन् । मानिसहरुलाई घरबाहिर निस्कन समस्या भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) पनि चक्रवातको प्रभाव रहने जनाएको छ ।

मौसमविद विभूति पोखरेलले चक्रवातको प्रभावका कारण हुरिबतास चल्ने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइन् ।

उनले हिमाली भेगमा भारी हिमपात हुने बताइन् । भारी हिमपात हुने भएकोले हिमाली भेगमा गएका पर्वतारोहीलाई सुरक्षित स्थानमा रहन र दुई दिन हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन सरकारले अनुरोध गरेको छ।