काठमाडौंमा किन भत्कियो सत्ता गठबन्धन ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंमा किन भत्कियो सत्ता गठबन्धन ?



काठमाडौंका चार वटा क्षेत्रमा सत्ता गठबन्धनकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

मंसीर ४ गतेको निर्वाचनमा देशभरि गठबन्धन गरेको सत्तारूढ दलबीच प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं १० मा सहमति हुन सकेन। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केसीले उम्मेदवारी दिएका छन्।

गठबन्धनमै रहेको नेकपा (माओवादी केन्द्र)ले अञ्जना विसंखेलाई अघि सारेको छ। यो क्षेत्रमा ‘मित्रवत्’ प्रतिस्पर्धा हुने गठबन्धन दलका नेताहरूले बताएका छन्। प्रदेश सभातर्फ काठमाडौं १० (क)मा कांग्रेसले पुकार महर्जन र माओवादी केन्द्रले दिलीप महर्जनलाई उम्मेदवार बनाएका छन्।

त्यस्तै, काठमाडौं ३ (ख)मा कांग्रेसले विमल ठकुरी र माओवादी केन्द्रले महेश्वर फुयाँललाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।

काठमाडौं ५ (ख)मा कांग्रेसका श्यामबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्।

काठमाडौं ६ (ख)मा कांग्रेसबाट विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रबाट प्रकाश फुयाँलको उम्मेदवारी परेको छ।