‘काठमाडौं फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

‘काठमाडौं फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व



काठमाडौं– काठमाडौं महानगरले बन्द गरिदिने अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व बुझाएको छ ।

बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन पत्र काटेको थियो।

मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको छ।

फन पार्कले महानगरलाई बुझाउनु पर्ने शुल्क आज बुझाएको एक अधिकारीले बताए ।फन पार्कले समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको जनाएको छ।

महानगरले तोकिएको समयभित्र नबुझाएमा फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुलउपर गरिने उक्त पत्रमा जनाइएको थियो।