दुलही जस्तै श्रृंगारियो काठमाडौँ, 'सी'को पर्खाई (फोटो फिचर) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दुलही जस्तै श्रृंगारियो काठमाडौँ, ‘सी’को पर्खाई (फोटो फिचर)



काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङ आउने खबरले काठमाडौंका मुख्य सडक फेरिएका छन्। यही असोज अन्तिम साता काठमाडौं आउने भएका उनको स्वागतका लागि रातारात काठमाडौंका स्वरूप फेरिएको हो।

उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानहरू सजाइँदै छ। उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुङ्ग उडेको देखिने सडकहरू चिल्लो पारिएको छ। झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ।

जमिनमा हरियो दुबो बिच्छ्याइएको छ। बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरहरूले छोपिएको छ। खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन्।