अबदेखि काठमाडौंको फोहोर कसैले उठाउँदैन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अबदेखि काठमाडौंको फोहोर कसैले उठाउँदैन



काठमाडौं- लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट २ वर्षपछि हात झिेकेको छ।

लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब २ वर्षपछि हात झिकेको हो।

गत साउन सम्झौता गरेको बोर्डले पाँच दिनअघि अबका बाँकी सम्पूर्ण प्रक्रिया काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै फाइल फिर्ता पठाएको हो।

बोर्डले नयाँ कानुनअनुसार फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएकाले बाँकी प्रक्रिया उतैबाट अघि बढाउने गरी फाइल फर्काएपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनेको खबर आजको नेपाल समाचापत्रमा ईश्वराज ढकालले लेखेका छन्।

काठमाडौं महानगरपालिकाले भने बोर्डले गरिरहेको काम अकस्मात् रोक्नु नाजायज भएको आरोप लगाएको छ।

मेयर विद्यासुन्दर शाक्यले बोर्डले हात झिक्नु गलत भएको आरोप लगाउँदै भने, ‘अब अघि बढ्ने विषयबारे निर्णय लिन बाँकी छ।’