अघिल्लाभन्दा फरक थियो आजको भूकम्प
काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ ।
बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसपटकको भूकम्प फरक शैलीको भएको सर्वसाधारणले बताएका छन् ।
झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पलगत्तै सर्वसाधारणहरू घरबाहिर निस्किएर चिच्याएका दृश्य देखिएका थिए ।
केहीले यसपटकको भूकम्प २०७२ सालको महाभूकम्पजस्तै शैलीको भएकाले आफू डराएको बताएका छन् ।
थप विवरण आउन बाँकी
गत साउन १५ मा पनि बिहानै ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।