काठमाडौंमा किन बढारिए कम्युनिष्ट ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

काठमाडौंमा किन बढारिए कम्युनिष्ट ?



काठमाडौं- मुलुकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट लगभग कम्युनिस्टको पत्तासाफ भएको छ। नेपाली कांग्रेस, भर्खरै गठित राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चश्वमा एउटा मात्र निर्वाचन क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठले मात्र साख जोगाएका छन्।

प्रतिनिधि सभातर्फ १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका १, ३, ४, ५ र १० नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट क्रमशः प्रकाशमान सिंह, सन्तोष चालिसे, गगन थापा, प्रदीप पौडेल र राजन केसीले जीत निकालेका छन्।

यस्तै, २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार क्रमशः सोबित गौतम, गणेश पराजुली र बिराजभक्त श्रेष्ठले जीत निकालिसकेका छन् भने ६ नम्बरमा शिशिर खनाल जीत नजिक रहेका छन्।

सत्ता गठबन्धन गर्दा पनि माओवादीका आश गरिएका पूर्वसभामुख ओनसरी घर्ती र मानुषी यमी भट्टराई प्रतिस्पर्धामा पनि आएनन्। तर कम्युनिस्टकै साख जोगाउने काम एमालेका कृष्णगोपाल श्रेष्ठले गरेका छन्। उनले काठमाडौं–९ बाट जित निकालेका थिए।

यसअघि बाम गठबन्धन गरी ०७४ मा चुनावी मैदानमा उत्रिँदा तत्कालिन एमाले नेता माधवकुमार नेपालले काठमाडौंको २ नम्बर, एमालेकै कृष्ण राईले ३ नम्बर, ईश्वर पोखरेलले ५ नम्बर, एमाले तत्कालिन नेता रामवीर मानन्धरले ७ नम्बर, एमाले तत्कालिन नेता जीवनराम श्रेष्ठ र ९ नम्बरमा श्रेष्ठले जीत निकालेका थिए।

एमालेले जीत निकालेका ५ वटा मध्य ४ वटा निर्वाचन क्षेत्र गुमाएको छ।

एमालेको विभाजन, सत्ता गठबन्धन एकातिर र अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीको अस्वभाविक उदयका कारण जनताले परिवर्तन चहाँदा कम्युनिस्ट काठमाडौंमा कमजोर भएको आँकलन गरिएको छ।