काठमाण्डौमा इतिहासकै कम तापक्रम: अझै चिसो बढ्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

काठमाण्डौमा इतिहासकै कम तापक्रम: अझै चिसो बढ्ने



काठमाडौं- यो वर्ष नेपालमा चिसोको मात्रले किर्तिमान नै कायम गर्ने देखिएको छ ।

देशको तराई क्षेत्रमा अत्यधिक चिसोले शितलहर परेको खबर आइरहेका बेला काठमाण्डौमा पनि तापक्रम अहिलेसम्मकै न्युनतममा झरेको छ ।

राजधानी उपत्यकामा आज न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियससम्म झरेको छ ।

यस्तै अवस्था रहे चिसोको कारण काठमाडौंमै पनि सर्वसाधारणले निकै सास्ती पाउने विग्यहरूले बताएका छन्।

बिहान पौने नौ बजे राजधानी उपत्यकाको तापक्रम २.९ डिग्री सेल्सियस झरेको हो । यो तापक्रम देशभरकै न्यूनतम हो ।

मौसम विज्ञान विभागका अनुसार, बुधबार देशकै सवैभन्दा कम तापक्रम काठमाडौं उपत्यकामा भएको छ ।

विभागले यो वर्ष अझै चिसो बढ्ने संभावना रहेको जनाएको छ ।

बुधबार देशभरकाे तापक्रम दश डिग्री भन्दा कम थियाे ।