एमालेबाट निर्वाचित काठमाडौं ४ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी, प्रहरीले गर्दैछ आनाकानी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एमालेबाट निर्वाचित काठमाडौं ४ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी, प्रहरीले गर्दैछ आनाकानी



काठमाडौ- काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ।

अदालतले प्रहरी वृत्त महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ। अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी वृत्त महाराजगन्जका डिएसपी प्रमेश विष्टले आरोपीहरूलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन्।

लिखत सम्बन्धी कसुरमा आरोपीहरूलाई पक्राउ गर्न भनिएको जिल्ला अदालतले जानकारी दिएको छ। मोहन बहादुर विष्ट अध्यक्ष हुँदा लिखत सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो। त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए।