साबधान ! काठमाण्डौमा भेटियो बर्डफ्लु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साबधान ! काठमाण्डौमा भेटियो बर्डफ्लु



काठमाडौं – केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।

सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो ।

महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो । तामाङले पालेको हाँस र कुखुरा नष्ट गरिएको छ ।