केटीको बिषयमा ‘ग्याङ्ग फाईट’ हुँदा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

केटीको बिषयमा ‘ग्याङ्ग फाईट’ हुँदा एक जनाको मृत्यु



ललितपुर– ललितपुरको सानेपामा ‘ग्याङ्ग फाईट’ हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो ।

छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ ।

छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भइसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।