क्रिस गेल फर्किए, युवराजको सट्टा तिवारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

क्रिस गेल फर्किए, युवराजको सट्टा तिवारी



आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।

चोटका कारण पछिल्लो खेलमा नरहेका क्रिस गेल टिममा फर्किएका छन् ।

आजको खेलमा पन्जाबले दुईवटा परिवर्तन गरेको छ । क्रिस गेलको सट्टा पछिल्लो खेलमा ल्र्याएका डेभिड मिलर आज टिममा छैनन् । युवराज सिंहको सट्टा मनोज तिवारीलाई मौका दिइएको छ ।

सनराइजर्स हैदराबादले भने आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन ।

हैदराबादलाई सुुरुको पाँच ओभरमै तेस्रो झड्का लागेको छ । हैदराबादका कप्तान केन विलियम्सनलाई दायाँहाते मध्यगतिका बलर अंकित राजपूतले पहिलो ओभरमै डक आउट गरिदिए ।

शिखर धवन र ऋद्धिमान साह पनि राजपूतकै शिकार भए । धवन ८ बलमा ११ रन बनाउँदै राजपूतको बलमा क्याच आउट भए । यो समाचार तयार गर्दासम्म सनराईजर्स हैदराबाद ६ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ३७ रन बनाएर खेलिरहेको छ ।