कृषि मन्त्री खनाललाई गृह जिल्लामा भव्य स्वागत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कृषि मन्त्री खनाललाई गृह जिल्लामा भव्य स्वागत



आभास पौडेल/कपिलवस्तु

शनिवार साँझ गृह जिल्ला आउनुभएका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल आइतबार बिहानै देखि विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खनाल हाल मन्त्री बन्नुभएको छ । कम्युनिस्ट पार्टीबाट जिल्लामा मन्त्री बन्ने खनाल सम्ववत पहिलो नेता हो

केही दिनका लागि जिल्ला भ्रमणमा आउनुभएका मन्त्री खनाल सोमबार बिहानै देखि विभिन्न कार्यक्रममा सरिक हुनुभएको छ । आइतबार बिहान प्रेस सेन्टर र प्रेस चौतारी नेपालले तौलिहवामा संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर मन्त्री खनाललाई सम्मान गरे । सोही पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले टुक्रिएका जमिनलाई चक्लाबन्दी गर्न मन्त्रालयले नयाँ नीति ल्याउने बताउनुभएको छ । भूमिको चक्लाबन्दी नगरे सम्म कृषि उत्पादन नबढ्ने बताउँदै मन्त्री खनालले भूमि र भू उपयोग नीति मार्फत यसलाई कार्यान्वयनमा लैजानु प्रर्ने बताउनुभएको हो । उहाँले भूमिको नयाँ व्यवस्थापन गर्नु आवश्यक भएको बताउनुभयो । भूमि नीति र भू–उपयोग नीति दुवै आवश्यक रहेको मन्त्री खनालको भनाई छ ।

आइतबार नै नेकपा ९माओवादी केन्द्र० बाणगंगा नगर कमिटीले पनि सम्मान गरेको छ । यतै मन्त्री खनाललाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना वाणगंगाले सम्मान गरेको छ । उक्त अवसरमा बोल्दै मन्त्री खनालले परियोजना अन्तर्गत १ हजार हेक्टर जग्गा एकै ठाउँमा ल्याएर एउटै बाली लगाउने प्रणाली बनाउने बताउनुभयो । जमिन केन्द्रित विधि नहुँदा सरकार सगं योजना हुदां हुँदै पनि उत्पादनमा वृद्धि गर्न नसकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रदेश ५ का सांसद विष्णु पन्थी, फौजिया नासिम, माओवादीका स्थायी कमिटी सदस्य गिरिधारीलाल न्यौपाने, कृषि विभागका उपसचिव विनोद भटट्राइ, जोनका बाली विज्ञ राजेन्द्र प्रसाद चौधरी, जोन सञ्चालक समिति सचिव श्याम सुवेदी, सदस्य गोपाल ज्ञवाली, सीता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यस्तै भलवाडमा नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेड छैठौ साधारणसभा तथा सस्तो पसलको उद्घाटन गर्न मन्त्री खनाल सरिक हुनुभएको थियो । आजबिहान मात्र संयुक्त बामगठबन्धन शिवराजनगर कमिटीले मन्त्री खनाललाई सम्मान गरेको छ । कार्यक्रममा मन्त्री खनाल सहित प्रदेश सांसद अर्जुन केसी, शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गिरीधारीलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

शिवराजको कार्यक्रम पछि मन्त्री खनाल कृष्णनगरमा हुने सम्मान कार्यक्रममा सरिक हुने उहाँका स्वकीय सचिव दीपक चुदालीले जानकारी दिनु भयो ।