बुढीगंगा नगरपालिकामा कृषकलाई पेन्सन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बुढीगंगा नगरपालिकामा कृषकलाई पेन्सन



बाजुरा । बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको बजेटमा ‘कृषकलाई पेन्सन’ दिने कार्यक्रम ल्याएको छ । पेन्सन बापत कृषकले मासिक १ हजार पाउने छन् ।

कार्यक्रम कार्यान्वयनका लागि ५ लाख विनियोजन गरिएको नगरप्रमुख दिपक विक्रम शाहले बताए । कम्तीमा ५ रोपनीमा तरकारी खेती गर्ने, २ सय बिरुवा रोप्ने, एक हजार कुखुरा पाल्ने, ५ वटा गाइभैसी पाल्नेलगायत ब्यवसायिक कृषि ब्यवसाय गर्ने किसानलाई महिनाको एक हजारसम्म पेन्सन दिने योजना ल्याइएको नगरप्रमुख शाहले बताए । उनले भने ‘कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गर्छौ ।’ नगरसभा मंगलबार सम्पन्नभएको हो ।

यस्तै कतिपय लोकप्रिय कार्यक्रम ल्याएको नगरसभाले नगरभित्र २ वटा नगर बस सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ । नगरका सबै वडा सडक संजालमा जोडिएकाले गाउँमा तत्काल खोजेको बेला सवारीसाधन नपाउने र सानै कामका लागि पनि गाडी रिजर्व गर्नुपर्ने भएकाले नगर बसको अवधारणा ल्याइएको नगरप्रमुख शाहले बताए ।

‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौ’ उनले भने, ‘नगरबस खरिद गर्नका लागि आर्थिक वर्ष ०७६/७७ को बजेटमा १ करोड विनियोजन गरिएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ । सांकेतिक तस्बिर