कृषक समुहलाई अनुदान रकम हस्तान्तरण  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कृषक समुहलाई अनुदान रकम हस्तान्तरण 



घनश्याम पौडेल / मसुरिया ,कैलाली ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ गहुँ सूपरजोन कैलारी- ८ लौसा कैलालीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम आइतबार वितरण गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका गहुँ सूपरजोनमा गहुँ खेतीको अनुदान आवेदन दिएका १०५ वटा कृषक समूह, कृषि सहकारी र कृषक उद्यमीलाई अनुदान रकम वितरण गरिएको हो ।

सूपरजोन संचालन समितिका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले चेक हस्तान्तरण गरेका थिए । अनुदान रकम हस्तान्तरण गर्दै गा.पा. अध्यक्ष चौधरीले ६५ प्रतिशत जनसंख्या कृषि पेशामा आवद्ध हाम्रो देशमा धान, चामल, आँटा र तरकारी समेत विदेशबाट आयात गरि विषाक्त खाध्यान्न उपभोग गर्नू दुखद भएको बताए ।

चौधरीले तिनवटै तहका सरकारले विदेशबाट आयात हुने खाद्य पदार्थ विस्थापित गर्न कृषिमा लगानी गरिरहे पनि अनुदान खाने दलाल र विचौलियाको कारण परनिर्भर बन्दै गएको उल्लेख गरेका थिए । नेपालीको स्वास्थ्यमा भैरहेको खेलवाड नियन्त्रण गर्न सरकारले दिएको सुविधा र सहयोगको अधिकतम लाभ लिई कृषिको आधुनिकीकरण , व्यवसायिकरण गरी कृषि पेशालाई औधोगीक क्षेत्र बनाउन कृषकको प्रमुख भुमिका रहने बताएका छन् ।

प्रोत्साहन रकम वितरण कार्यक्रममा बोल्दै कृषक तारा प्रसाद जैसीले उत्पादन बढाउन उन्नत बिउ, गुणस्तरीय मल र सिँचाइको व्यवस्था सगै समयमा कृषि उपजको मुल्य निर्धारण गर्न आग्रह गरेका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा गहुँ सूपरजोन अन्तर्गत ९९६.९ हेक्टरमा गहुँ खेती गरिएकोमा परियोजनाले ७७८.१ हेक्टर गहु खेती गरेका कृषल समुह , सहकारी र उद्यमीलाई १७ लाख ५० हजार ७ सय २ रुपैयाँ अनुदान वितरण गरिएको छ ।