क्रमभंग गर्न पुर्व प्रधानमन्त्रीहरुको ओलीलाई सुझाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रमभंग गर्न पुर्व प्रधानमन्त्रीहरुको ओलीलाई सुझाव



काठमाडौं : पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका नीति तथा कार्यक्रम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा सुझाव दिएका छन्।

ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएर सुझाव मागेका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारका नीति तथा कार्यक्रम घोषणपत्र अनुसार नै हुने भएपनि नेपालको संविधान र संघीयताको मर्मलाई बुझेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको बताए। ‘हामीले क्रमभंग गर्ने कार्यक्रम ल्याएर आउन भनेका छौं,’ उनले भने, ‘केही विषय अरु दलका घोषणा पत्रमा भएका कुराहरु पनि पर्छन् त्यो सामान्य हो।’ साथै ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई मोदीको भ्रमणका बारेमा ब्रिफिङ गरेका छन्।

पूर्वप्रधानमन्त्रीहरुले दुई देशका प्रधानमन्त्री भेट्ने विषय निकै राम्रो भएको र भेटमा राष्ट्रिय हीतलाई सर्वोपरी ठान्न सुझाव दिइएको भट्टराईले बताए। सो भेट सकिने वित्तिकै ओलीले परराष्ट्रमन्त्री सहित एमाले र माओवादीका नेताहरु तथा परराष्ट्रविद्हरुसँग छलफल गरिरहेका छन्। ओलीलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, खिलराज रेग्मी र लोकेन्द्रबहादुर चन्द पुगेका थिए।