मध्यराती कपिलवस्तुमा ६ वटा गाडी जलाइयो

कपिलवस्तु– मध्यरातमा अज्ञात समूहले कपिलवस्तुमा ६ वटा गाडी जलाएको छ ।
विजयनगर गाउँपालिकामा ६ वटा गाडीमा आगजनी भएको हो । एक निर्माण कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको हो ।
बुधबार राति गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको हो ।
हुलाकी मार्ग निर्माणमा प्रयोग गरिएका निर्माण साधन र सोही कम्पनीले प्रयोग गरेका साधनमा आगजनी भएको हो।
आगो कसले, के कारणले लगायो भन्नेबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीका प्रहरी पुगेका छन् ।

