ओलीसंग प्रचण्डले भने बराबरी र जनयुद्ध छोड्न सकिंदैन ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओलीसंग प्रचण्डले भने बराबरी र जनयुद्ध छोड्न सकिंदैन !



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सकिएको छ । सिन्धुपाल्चोकको सुकुटेबाट प्रचण्ड फर्किएलगत्तै बसेको बैठक २ घण्टा चलेको थियो ।

भोली मंगलबार बिहान बस्ने पार्टी एकता समितिको बैठकमा विवादित बिषयमा छलफल गर्ने भने सहमति भएको छ । छलफलमा प्रचण्डले सम्मानजनक हैसियत र जनयुद्ध एमालेले स्वीकार्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । खबरडबलीलार्इ प्राप्त सूचनाअनुसार माअोवादी अध्यक्ष प्रचण्डले एकतापछि दुइ जना अध्यक्ष हुने भए साढे २ बर्षपछि अाफुलाइ प्रधानमन्त्री बनाउने लिखित सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको उक्त प्रस्ताव पनि छलफलमा लैजाने अोलीले बताएका छन् ।

सम्मानजनक हैसियत र जनयुद्ध शब्द नराखे एकता नगर्न भातृ संगठन र कार्यकर्ताको चर्को दबाब अाएको प्रचण्डले अोलीलार्इ सुनाएका थिए । अाजको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल पनि भएको थियो ।

हिजो प्रचण्ड र अोलीबीच छलफल हुने बताइएपनि छलफल हुन सकेको थिएन् । हिजो रिफ्रेस हुन सुकुटे गएका प्रचण्डले अाज बिहान फर्किएलगत्तै अोलीसँग ‘वान टु वान’ वार्ता गरेका थिए । हिजो साँझ मात्रै माअोवादी नेता नारायणकाजी श्रेष्ठसँग अोलीको बालुवाटारमा छलफल भएको थियो ।