प्रेमीले नै पुर्याउँछन भारतीय वेश्यालयमा ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रेमीले नै पुर्याउँछन भारतीय वेश्यालयमा !



जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ?

घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेभिएकी नेपाली चेलीका यथार्थ सुन्दा हत्तपत्त पत्याउन मुस्किल हुन्छ ।

बुधबार भारतको अग्रास्थिता कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ ।

माईतीनेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिलाले सञ्चालक रहेको कोठीबाट चार जना भारतीय महिलासाहित नेपाली पाँच जनालाई उद्धार गरेको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।