रोकियो कोरिया रोजगारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

रोकियो कोरिया रोजगारी



काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ।

परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ,’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

अहिले कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए।