कोरियामा भएका नेपालीलाई देउवाको यस्तो सन्देश - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कोरियामा भएका नेपालीलाई देउवाको यस्तो सन्देश



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियामा भएका नेपालीहरूलाई सन्देश पठाएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि अवस्था चिन्ताजनक बनेको छ ।

नेपाली जनसम्पर्क समितिलाई सन्देश पठाउँदै सभापति देउवाले कोरियामा रहेका सबै नेपाली संघसंस्थाहरुले आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध भइ कोरोनाविरुद्धको काममा लाग्ने भनेका छन् ।

नेपाली कांग्रेस कोरियामा रहेका सम्पूर्ण नेपालीको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै सभापति देउवाले सरकार र दूतावासलाई समेत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

दक्षिण कोरियाको थुगु सहरमा भाइरसको संक्रमण तीव्र भएपछि त्यहाँ कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ ।