कोरियामा आर्थिक मन्दी: रोजगारी ब्यापक घट्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

कोरियामा आर्थिक मन्दी: रोजगारी ब्यापक घट्ने



काठमाडौं- कोरियाको अर्थतन्त्रमा मन्दी आएसँगै रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको माग सुस्ताएको छ।

कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको खबर कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

कोरियाका रोजगारदाताले विदेशी श्रमिकको मागमा गरेको कटौतीको असर नेपालमा समेत परेको छ।

कोरियाले भाषा परीक्षालाई दोस्रो र सिप परीक्षणलाई पहिलो प्राथमिकतामा राखी कामदार छनौट प्रक्रियामा कडाइ गरेपछि नेपालमा समेत कोरियाको रोजगारीप्रति आकर्षण घटेको छ।