कोरियामा यसपाली १० हजार नेपाली लैजाने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरियामा यसपाली १० हजार नेपाली लैजाने



काठमाडौँ – दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ ) खर्च हुन्छ ।
‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपिएस कार्यालयका एक अधिकारीले भने, नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’