कोइराला परिवारको गोप्य बैठक : काङ्ग्रेसभित्र हाउगुजी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कोइराला परिवारको गोप्य बैठक : काङ्ग्रेसभित्र हाउगुजी



काठमाडौं- प्रमुख प्रतिपक्षी भूमिका निभाउनु पर्ने दल नेपाली काङ्ग्रेस आफ्नै कचिङ्गलबाट बाहिर निस्कन सकेको छैन । विभिन्न घटनाक्रमले काङ्ग्रेस राम्रो प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने पार्टी होइन भन्ने पुष्टि पनि गर्आदै आइरहेको छ ।

यस्तै जंजालभित्र रुमलिएको काङ्ग्रेसमा एकातिर गुटबन्दी मौलाएको छ भने कतै परिवारवादले अल्झाएको छ  ।

सोमबार साँझको एउटा घटना थियो महाराजगन्जस्थित डा शशांक कोइराला निवासको जहा कांग्रेसभित्र कोइराला परिवारको भूमिका खोजिँदै थियो ।

कोइराला परिवारका ३ नेताहरुको जमघटमा अब फेरी कांग्रेसलाई कोइराला परिवारले निकास दिन सक्ने सल्लाह गर्दैगर्दा उता लेबी उठाउने र महाधिवेशन कसरी लम्ब्याउने खेलका योजना बुनिंदै थिए ।

पार्टीलाई सभापति देउवाको चंगुलबाट कसरी हत्याउन सकिएला भनेर बसेको कोइराला परिवारको बैठकले कुनै ठोस सहमति नगरेपनि अन्य गुट र केहि नेताहरूका लागि भने हाउगुजी साबित भयो ।

महामन्त्री कोइराला, नेताद्वय डा शेखर कोइराला र सुजाता कोइरालाबीच कोइराला परिवारको भुमिका बढाउने पक्षमा छलफल भएको बताइएको छ।

यसअघि सुजाता निवास मण्डिखाटार,विराटनगर र वीरगञ्जमा नेता त्रयले कोइराला परिवार एक भई अघि बढ्ने बताएका थिए।