विराट कोहलीमाथि प्रतिबन्ध लाग्नसक्ने
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले प्रतिबन्धको नजिक पुगेका छन् ।
तेस्रो टी–२० म्याचका क्रममा दक्षिण अफ्रिकाका बेयूरन हेन्ड्रिक्ससँग अनुचित रुपमा ठोक्किन पुगेपछि उनले डि–मेरिट प्वाइट पाएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कोहलीलाई अहिलेस्म्म तीन डि–मेरिट प्वाइट दिएको छ । अब १५ जनवरी २०२० सम्म एक डिमेरिट प्वाइन्ट थपिए प्रतिबन्ध लाग्नेछ ।
दुई वर्षको अवधिमा चार डि मेरिट प्वाइन्ट पाउने खेलाडी निलम्बनमा पर्नेछन् । कोहलीले पहिलो प्वाइन्ट १५ जनवरी २०१८ मा पाएका थिए ।