विवादमा तानिए विराट कोहली - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

विवादमा तानिए विराट कोहली



काठमाण्डाै- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विवादमा तानिएका छन् ।

कप्तान कोहलीले खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दा एक प्रश्ननमा रिसाँउदै संवाददाताप्रति आक्राेशित भएपछि विवादित बनेका हुन् ।

सञ्चारकर्मीसँग रिसाएकाे विराटकाे भिडयाे अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एक जना पत्रकारले विराटलाई सोधेको प्रश्नमा उनी पत्रकारमाथि खनिएका थिए । विराटले सबै कुरा थाहा नपाइ कुनै प्रश्न सोध्नुहुँदैन भन्दै सञ्चारकर्मीलाई आक्रामकरुपमा जवाफ दिएका थिए ।

केन विलियमसन आउट भएपछि आफ्नाे व्यवहारकाे बारेमा के भन्न चाहानुहुन्छ ? कप्तान भएकोले आफैले राम्राे उदाहरण बसाल्नुहुँदैन जस्तो लाग्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा विराट आक्रोशित भएका थिए ।

‘तपाईँले पूरै घटना के हो पत्ता लगाउनुपर्छ र राम्रो प्रश्नको साथ आउनुपर्छ। अब तपाईं आधा प्रश्नको साथ उठ्न सक्नुहुन्न। हो, यदि तपाईंले विवाद उठाउनुपर्‍यो भने यो सही स्थान होइन। मैले म्याच रेफ्रीसँग कुरा गरेको छु। के भएको हो, त्यसमा उनीहरूलाई कुनै समस्या छैन’, विराटले भने ।

टेस्ट सीरिजमा भारतीय टिमको प्रदर्शन अत्यन्त निराशाजनक थियो र टिमको ब्याटिङ पूर्ण ध्वस्त नै थियो र कप्तान कोहलीले पनि राम्राे प्रदर्शन गर्न सकेका थिएनन् ।

‘हामीले हाम्रो योजनालाई राम्रोसँग कार्यान्वयन गर्न सकेनौँ र न्युजिल्याण्डले राम्रो खेलेको हो। हाम्रा ब्याट्सम्यानले बलरलाई आक्रमण गर्न पर्याप्त सफल भएनन् । हामी राम्रो क्रिकेट खेल्दैनौँ भन्ने कुरामा विश्वास गर्दैनौँ । यदि तपाईं बाहिर खेल्न चाहानुहुन्छ भने तपाईँले राम्रो खेल्नुपर्नेछ। हामी कुनै बहाना गर्दैनौं, केवल हारबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्ने धारणा हो’, उनले थपे ।

आईसीसी टेस्ट च्याम्पियनशिपमा यो भारतको लगातार दोस्रो हार हो । भारतले अर्काे महत्त्वपूर्ण यात्रा अष्ट्रेलियाको विरूद्धकाे हुनेछ ।