कोहिनुर ईनभेष्ट एण्ड सेक्युरिटिज प्रा.लिको पोखरामा शाखा बिस्तार - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कोहिनुर ईनभेष्ट एण्ड सेक्युरिटिज प्रा.लिको पोखरामा शाखा बिस्तार



काठमाडौँ- हात्तीसारमा मुख्य कार्यलय रहेको कोहिनुर ईनभेष्ट एण्ड सेक्युरिटिज प्रा.लिले पोखरामा शाखा बिस्तार गरेको छ।नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त स्टक ब्रोकर नं ३५ को उक्त शाखाले वैशाख ३ गते देखि पोखरा शाखा कार्यलयबाट शेयर खरिद बिक्री गरेको सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्धक भरत रानाभाटले जानकारी दिएका छन् ।

पुँजी बजार सँग सम्बन्धित ग्राहकलाई स्थानीय स्तरमै सेवा प्रधान गर्ने उद्देश्य अनुरूप पोखरा आसपासमा रहेका लगानी कर्ताले शाखा कार्यलयबाट धितो पत्रको दोस्रो बजारमा सहजै प्रवेश गरी यस क्षेत्रका लगानी कर्तामा थप उत्साह बढ्ने विश्वास कम्पनीले लिएको प्रबन्धक रानाभाटले बताएका छन्।

खरिद बिक्रीका अतिरिक्त कम्पनीले डी.पीको कार्य समेत गर्ने हुँदा शेयर डिमार्ट गर्न सहज तथा आफ्नो खातामा भएको शेयर इमेलबाट समेत हेर्न सकिने संस्थाले जनाएको छ। कार्यालय पोखरा लेखनाथ नगरपालिका , नगर कार्यपालिकाको कार्यलय न्युरोड काँस्कि ४ नं प्रदेशमा पर्दछ ।