कोहलपुरमा खस्यो सबैभन्दा धेरै मत - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

कोहलपुरमा खस्यो सबैभन्दा धेरै मत



बाँके– कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडाध्यक्षका लागि भएको मतदानमा ८० प्रतिशत मत खसेको छ।

कडा सुरक्षा घेरामा मतदान थियो। जिल्लामा एक ठाउँमा मात्रै मतदान भएकाले ठूलो संख्याका सुरक्षाकर्मी कोहलपुरमा खटिएका थिए।

दुई हजार २६ मतदाता रहेकोमा एक हजार ६ सय ३४ मत खसेको निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए।

अघिल्लाे निर्वाचनमा कांग्रेसका रामसोहन थारुले ४ सय २४ मत ल्याएर जितेको यो ठाउँमा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। थारुको २०७५ मंसीर ९ गते मृत्यु भएको थियो।

उपनिर्वाचनमा नेकपाबाट रामशरण थारु र कांग्रेसबाट कृष्ण थारुले प्रतिस्पर्धा गरिरहेका छन्। फाइल तस्बिर