पन्जाब किंग्ससँग कोलकाता नाइट राइडर्सको रोचक जित - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

पन्जाब किंग्ससँग कोलकाता नाइट राइडर्सको रोचक जित



काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

पन्जाबका लागि कप्तान शिखर धवनले ५७ रनको अर्धशतकीय ईनिङ्स खेले। ऋषि धवनले १९ रन बनाए। जितेश शर्माले २१ रन बनाए। साहरुख खान २१ रनमा अविजित रहे।

कोलकाताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए। सुयश शर्मा र कप्तान नितिश राणाले समान १-१ विकेट लिए।

१८० रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कोलकाताका लागि कप्तान नितिश राणाले ५१ रनको अर्थशतकीय ईनिन्डस खेल्दा आन्द्रे रशेलले ४२ तथा जेशन रोयले ३८ रन बनाए।

पञ्जाबका राहुल चाहरले २ तथा हरप्रित बार र नाथन इल्सले एक एक विकेट लिए।

जितपछि कोलकाता ११ खेलमा १० अंक जोडेर ५ औँ स्थानमा उक्लिएको छ भने समान अंकका साथ पञ्जाव ७ औ स्थानमा छ।