कोलकतामाथि हैदरावादको सानदार जित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोलकतामाथि हैदरावादको सानदार जित



एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औं खेलमा सनराइजर्स हैदरावादले कोलकता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

१ सय ६० रनको लक्ष्य पछ्याएको हैदरावादले १५ ओभरमा १ विकेटको क्षतिमा सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले ४३ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

त्यस्तै अर्का ओपनर डेविड वार्नर ६७ रनमा आउट भए । यरा पृथ्वीराजले १३ ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नु अघि वार्नरले ३८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । ओपनर बेयरस्ट्रो र वार्नरले पहिलो विकेटका लागि १ सय ३१ रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढाएका थिए । कप्तान केन विलियम्सन ८ रनमा अविजित रहे ।

त्यस अघि हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । कोलकताका ओपनर क्रिस लीनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए ।

त्यस्तै अर्का ओपनर सुनिल नारायणले ८ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २५ रन बटुल्दै राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरका सुभमन गिल ३,नितेश राना ११,दिनेश कार्तिक ६ र रिन्कु सिंह ३० रनमा आउट भएपछि सस्तैमा समेटिएको हो ।

यसअघिका खेलमा विश्फोटक ब्याटिङ गर्दै आएका आन्द्रे रसेलले आज ९ बलमा २ छक्का सहित १५ रनमा आउट भए । हैदरावादका लागि खलील अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३,भुवनेश्वर कुमार २ र सन्दीप शर्मा र राशिद खानले १-१ विकेट लिए ।