कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स बेंगलोर ६ विकेटले पराजित - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कोलकाता नाइट राइडर्सद्वारा रोयल च्यालेन्जर्स बेंगलोर ६ विकेटले पराजित



एजेन्सी – भारतीय राष्ट्रिय टोलीका समेतथ कप्तान रहेका विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंगलोरले आइपिएलमा खराव प्रदर्शन कायम राखेको छ । सात खेल खेलेको बेंगलोरले मात्र दुई खेल जितेको छ । उ पुछारबाट एक स्थान मात्रै माथी छ ।

आइतबार कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको हो । घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै पूरा गर्‍यो । कोलकाताका लागि ओपनर लिनले नटआउट ५२ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा ६२ रनको योगदान दिए । लिनलाई कप्तान दिनेश कार्तिक र उपकप्तान रोबिन उथप्पाले राम्रो साथ दिए ।

कार्तिकले १० बलमा २३ तथा उथप्पाले २१ बलमा ३६ रन बनाएका थिए । अर्का ओपनर सुनिल नाराइनले १९ बलमा २७ रन जोडे । बेंगलोरका मुर्गन आश्विन र मोहमद सिराजले २ र २ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । खरावस्थितिमा रहेका बेंगलोरलाई कप्तान विराट कोहलीले नटआउट ६८ रन जोड्दै बलियो योगफल तयार गरेका थिए । ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै कोहली नटआउट रहे । ओपनर ब्रेन्डन मक्कुलमले ३८ र क्विनटन डेककले २९ रन जोडे ।

मन्दिप सिंहले १९ र कोलिन डे ग्रान्डहोमले नटआउट ११ रन बनाए । कोलकाताबाट आन्द्रे रसलले ३ र कुलदिप यादवले १ विकेट लिए । ८ खेलमा ८ अंक जोडेको कोलकता चौथो स्थानमा छ । एक खेल कम खेलेको बेंगलोरको मात्रै चार अंक छ । उ सातौं स्थानमा छ ।