२०७५ भदौ ४, सोमवार

बलात्कारबाट किशोरीहरुलाई जोगाउन वक्षस्थल तातो ढुंगाले डामिन्छ

May 24, 2018
167 Views
Spread the love
  • 12
    Shares

दुनियाँमा कैयन् अनौठा प्रथाहरु छन् ।

कतिपय प्रथाहरु निकै अन्धविश्वासी तथा दर्दनाक पनि रहेका छन् । तर सदियौँदेखि यस्ता दर्दनाक प्रथाको पालना पनि हुने गरेको छ भन्ने झनै दुःख लाग्छ ।

एउटा यस्तै प्रथा अफ्रिकामा रहेको छ, जसको बारेमा सुन्दैमा जिउ काँप्छ । दक्षिण अफ्रिका, क्यामरुन र नाइजेरियामा यो प्रथा रहेको छ । साथै बेलायतमा बस्ने अफ्रिकी समुदायका कतिपय किशोरी तथा युवतीहरुलाई पनि यो प्रथामा बाध्य गराइने गरिएको बताइन्छ । यो अनौठो तथा दर्दनाक प्रथाको नाम ब्रेस्ट आइरनिङ अर्थात् वक्षस्थलको इस्त्री हो ।

नामैले बताएजस्तै यो प्रथामा यो प्रथामा चेलीहरुको छातिमा आइरन लगाइन्छ । यस प्रथा अन्तर्गत किशोरावस्थामा प्रवेश गरेका छोरीचेलीका वक्षस्थलमा तताइएको काठ, हथौडा वा डुंगाले डामिन्छ । किशोरावस्थाको सुरुवातमै चेलीहरुले यो दर्दनाक प्रथा भोग्नुपर्दछ । किशोरीहरुको वक्षस्थल डाम्नुको खास कारण चाहिँ किशोरीहरुका वक्षस्थल ठूला नहोउन् भनेर हो ।

किशोरीहरुका वक्षस्थल ठूला भएमा केटाहरुको कुदृष्टि पर्ने र बलात्कार तथा यौनहिंसामा पर्ने हुनाले बलात्कारबाट किशोरीहरुलाई जोगाउन यस्तो प्रथाको सुरुवात भएको बताइन्छ ।एजेन्सीको सहयोगमा

Facebook Comments
  • 12
    Shares

You may be interested

पत्रकार महासंघ भारत शाखाको विधान तयार
समाचार
0 shares9 views
समाचार
0 shares9 views

पत्रकार महासंघ भारत शाखाको विधान तयार

himal post - २०७५, ४ भाद्र १०:११

नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ ।…

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !

himal post - २०७५, ४ भाद्र १०:०३

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य…

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

himal post - २०७५, ४ भाद्र ०८:३१

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै…