किसानलाई हाते औजार वितरण गरेर मात्र आयात रोकीन्न : सभापती कुँवर - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

किसानलाई हाते औजार वितरण गरेर मात्र आयात रोकीन्न : सभापती कुँवर



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले खेतमा धानरोपेर १६ औं धान दिवस तथा रोपाई महोत्सब मनाएको छ । आईतबार सुदूरपश्चिम प्रदेश सभाका अर्थविकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्क बहादुर कुँवर गोविन्दले धानको विउँ रोपेपर दिवसको एक कार्यक्रमका विच उद्घाटन गरे ।

कुँवरले सरकारले कृषि क्षेत्रमा ठुलो लगानी गर्नु पर्ने बताए । उनले किसानलाई कृषिका औजार वितरण गरेर मात्रै उत्पादनमा बृद्धि नआउने धारण राखे । कुँवरले भने –‘हाते औजारले पुग्दैन, किसानलाई अनुदानको व्यवस्था, सौलियत कर्जाको व्यवस्था गर्नु पर्छ, । ‘प्रदेश सरकारले ल्याएको बजेट अहिले पनी कृषि क्षेत्र ओझेल परेको छ, बजेट न्यून छ । प्रदेश सरकारले कृषिमा बजेट बढाउनु पर्ने छ ।

कार्यक्रममा पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले तराईका खेतीयोग्य जमीन घडेरी, र पहाडका जमीन बाँझो रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने –‘ कैलाली कञ्चनपुर अन्नको भण्डार हो यहाका जमीन खण्डीकरण भैरहेका छन् , पहाडमा कसैले खेती गर्दैन् । भारत बाट दैनिक हजारौ टन चामल लगाएतका खाद्यन्नहरु आयात भैरहेका छन् । यस्तो प्रबृत्तिको अन्त्य गर्नुपर्छ । तब मात्रै देशले समृद्धी हासिल गर्छ । सोडारीले किसानहरु लाई उचीत समयमा सिचाइ, मल, विउ सरकारले सौलीयत दरमा उपलब्ध गराएमात्र किसानको सम्मान हुने बताए ।

गौरीगँगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा भएको महोत्सबमा उप प्रमुख अन्चला चौधरीले स्वागत गरेकी थिइन् । गौरीगँगा नगरपालिका वडा न १ देखि वडा न ११ सम्मका वडा अध्यक्ष कार्यपालीका सदस्य लगाएत समाज सेबि बुद्धिजीवी पत्रकारहरुले स्थानीयको खेतमा संयुक्तरुपमा धान रोपेर दिवस मनाएका थिए ।

२०६१ साल देखी नेपाल सरकारले असार १५ गते औपचारीक रुपमा दिवस मनाउन शुरु गरेको थियो । सोही अनुरुप कैलाली जिल्लामा हरेक स्थानीय तहले रोपाई दिवस मनाएका हुन ।