किसान श्रेष्ठलाई निर्वाचन आयोगले दियो तनाव - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

किसान श्रेष्ठलाई निर्वाचन आयोगले दियो तनाव



निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किसान श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।

बेरोजगार युवालाई फ्री-भिसा-फ्री टिकेटमा विदेश पठाइदिने भन्दै बारालगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको भन्दै श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

‘प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमार्फत स्पष्टीकरण पेस गर्नुहुन अनुरोध गरिन्छ,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।