युद्धकालमा मारिएका माओवादी कार्यकर्ताको २० वर्षपछि काजकिरिया - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

युद्धकालमा मारिएका माओवादी कार्यकर्ताको २० वर्षपछि काजकिरिया



तनहुँ। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मारिएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ। खनालको परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया गरेको हो।

विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ। गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ।

मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो।

मृतकका माइला दाइ ईश्वरीप्रसाद खनाल भाइको किरिया बसेका छन्। तत्कालीन नेकपा (माओवादी)को तनहुँ जिल्ला कमिटीको सदस्य रहेका श्रीरामको पार्टीको बैठकका क्रममा मारिएको जनाइएको छ।