गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ- मन्त्री किराँती - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ- मन्त्री किराँती



काठमाडौंबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएको थियो । त्यो जहाज केहिबेर काठमाडौं र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गएको थियो ।

फ्लाइ दुबईले जहाजमा चरा ठोक्किको दाबी गरेपनि अहिलेसम्म पुष्टि भएको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि जहाजमा चरा ठोक्किएको दाबी अस्वीकार गरेको छ ।

मन्त्री किरातीले भनेका छन्, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु । गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’

मन्त्री किराँतीले नकरात्मक हल्लाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् । ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’