म्यारथनमा किरणले दिलाए नेपाललाई अर्को स्वर्ण
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्ण पदक हात पारेको हो ।
दशरथ रंगशालामा भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दुरी पुरा गरे ।
त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् । म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ ।
बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । यो सँगै नेपालको स्वर्ण पदकको संख्या ४२ पुगेको छ ।