भारतीय मिडियामा भाईरल तस्बिर (किन प्रहरीले सडक मै गरे नमस्कार... ) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतीय मिडियामा भाईरल तस्बिर (किन प्रहरीले सडक मै गरे नमस्कार… )



नयाँ दिल्ली, असोज २५ ।
एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर भारतीय सोशल मिडियामा भाइरल भएको छ ।

भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरलाई पाँच हजारभन्दा बढी पटक ‘रि–ट्वीट’ गरिएको छ । त्यस्तै झण्डै १० हजार जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् भने यो समाचार तयार पार्दासम्म ३ सय ७२ ‘कमेन्ट’ छन् ।

उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र ? हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’

तस्वीरमा बच्चासमेत पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । बाइक चालकको नाम हनुमन्थ रायडु रहेको बताइएको छ । उनी आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् ।

बी शुभकुमार नाम गरेका प्रहरीले उनलाई रोक्नासाथ नमस्कार गरेका हुन् । शुभकुमार भन्छन्, ‘बाइकमा पाँच जना बसेको, त्यसमा पनि चालकले हेलमेट नलगाएको देखेर मैले नमस्कारबाहेक अरु केही गर्नै सकिनँ ।’

हनुमन्थले यसअघि नै बारम्बार ट्राफिक नियम तोडेको बताइन्छ । (एजेन्सी)