किन पर्‍यो हिलो सहितको पानी ? कारण यस्तो ! - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

किन पर्‍यो हिलो सहितको पानी ? कारण यस्तो !



कैलाली । देशका विभिन्न भागमा शुक्रबार बर्षा भएको थियो । तर सधै भन्दा फरक हिलो पानी परेको थियो । देशका कैलाली ,कञ्चनपुर ,बुटवल ,बिराटनगर ,काठमाडौं लगाएतका विभिन्न ठाउँहरुमा आकाशबाट परेको पानीमा हिलो मिसिएको वर्षात भएको खबर चौतर्फी फैलिएको छ ।

सामाजिक सञ्जालहरूमा समेत कतिपयले फोटोसहित यस्ता पोस्टहरू राखेको देख्न सकिन्छ । घर बाहिर राखिएका सवारी साधन तथा छत हरूमा पनि हिलो पानी परेको कारण दागहरू देखिएका छन् ।

यता मौसम विज्ञान विभाग काठमाडौँले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ ।

विभागले केही दिन यता भारतको राजधानी नयाँदिल्लीसहित राजस्थान, पश्चिम बंगाल, पञ्जाव, उत्तरप्रदेश क्षेत्रमा हुरीसहितको बतास चलिरहेको छ। धुलोसहितको बतासले त्यहाँको जनजीवन प्रभावित पारेसङ्गै आकाशमा धुलो जम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केही भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ ।

भारतीय आकाशमा परेको प्रभावले गर्दा नेपाली सिमा क्षेत्र नजिकको ठाउँहरुमा हिलो पानी परेको मौसम विभागले जनाएको छ ।