किन गरे महामन्त्री शशांक र शेखरले गोप्य भेटघाट ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

किन गरे महामन्त्री शशांक र शेखरले गोप्य भेटघाट !



काठमाडौं। नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला केन्द्रीय सदस्य डा शेखर कोइरालाबीच समसामयिक विषयमा छलफल भएको छ ।

उनीहरुबीच शनिबार महामन्त्री निवास टोखामा कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टीलाई कसरी जोगाउने भन्नेबारे लामो छलफल भएको बताइएको छ ।

कांग्रेसभित्र महामन्त्री कोइरालाले आफू गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन्।

यता डा शेखरले पनि गुटको विरोध गर्दै आएका छन्। गुटबन्दीकै विषयलाई लिएर शेखरले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन्।

महामन्त्री शशांकले देउवाकै पक्ष लिएको भन्दै आरोप लागिरहेको बेला दुबै नेता फरकफरक कित्तामा उभिएको देखिन्छ।

तर, यी दुई नेताले आफूहरु फरकफरक कित्तामा नरहेको दाबी गर्दै बेलाबेला यस्तो भेटघाट गर्दै आएका छन्।